दमक, १८ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले आज दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
दमकस्थित कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कम्पनीमा कार्यरत कर्मचारी र अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा दमक शाखा प्रमुख सुमन कुमार (थुलुङ) राईले विषयवस्तुमाथी सहजिकरण गर्नुभएको थियो । सो अवसरमा राईले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालमा पुरानो मात्रै नभएर हाम्रो दुःखको साथी र आशा अनि भरोसा भएको बताउनुभयो ।
वहाँले सुरक्षित भविश्य र निश्चिनताको लागि बीमा आवश्यक रहेको बताउनुहुदै नेशनल लाइफ इन्स्योरन्स कम्पनीबाट बीमा गर्दाका फाइदाहरु जानकारी गराउनुभयो ।
बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिम हस्तान्त्रण हस्तान्त्रण हो, राईले भन्नुभयो । राईका अनुसार कुनै घटना वा दुर्घटनाका कारण उसको परिवारले ठूलो दुःखको सामना गर्नु नपरोस भन्नु हो ।
त्यस्तैं, अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राईले कर्मचारी र अभिकर्ताबीचमा समवन्यकारी भुमिका हुन आवश्यक रहेको बताउनुभयो ।,
वहाँले अभिकर्ताहरुले बीमा गर्ने मात्रै नभएर बिमितहरुको लागि उचित परामर्ससहित आवश्यक परेको समयमा सहज र सरल ढंगमा भूमिका खेल्नु पनि बताउनुभयो । बीमा गराउनु अघि बिमितलाई कम्पनीको बीमा सम्बन्धी सवै खाले नियम, प्रावधान, आवश्यक कागज र त्यससम्बन्धी प्रकृयाहरुका बारेमा जानकारी गराउनु पर्ने राईले जाकारी दिनुभयो ।
त्यस्तैं, कार्यक्रममा सहभागि अभिकर्ता र कर्मचारीलाई बीमा समितिले बीमा कम्पनीलाई दिएको नितीगत निर्देशन र आचारसहिताभित्र रहेर बीमा गराउनुपर्ने अभिकर्ताको दायित्व भएको वहाँको सुझाव थियो ।
पछिल्लो समय बीमा कम्पनीहरु बजारमा स्थापना हुने क्रम तीब्र भएसँगै त्यसभित्र अभिकर्ताले अनुशासित र मर्यादित भएर आफ्नो कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । बीमाको बजार ठूलो छ, राईले भन्नुभयो-‘बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरु सकारात्मक हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धा हुनु पर्छ तर अनावश्यक ढंगले प्रतिस्पर्धा गर्नु राम्रो हुन्न ।’
कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, कर्मचारी र अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
