दमक, १८ भदौं–मेलोडी यार्ड रेष्टुरेन्टले आजदेखि दमकमा आफ्नो सेवा शभारम्भ गरेको छ । दमक–८ ट्याक्सी स्टेण्डस्थित एभरेष्ट सपिङ सेन्टर नजिकै (सानिमा बैक भएको घरको मुनि) स्थापना भएको रेष्टुरेन्टले सेवा शुभारम्भ गरेको हो ।
सो रेष्टुरेन्टको एक कार्यक्रमबीच आज दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
रेष्टुरेन्टका सञ्चालक सुरेन्द्र दाहालका अनुसार दमकमा पृथक ढंगबाट मेलोडी यार्ड रेष्टुरेन्ट सञ्चालन हुनेछ । दमक-१ निवासी दाहाल शैक्षिक क्षेत्रमा समेत लगानी गर्नुभएको छ । वहाँले दमकमा एक निजी बिद्यालय सञ्चालन गरिरहनुभएको छ ।
रेष्टुरेन्टमा आगान्तुक अतिथिहरुका लागि सुविधाजनक सेवा हुने सञ्चालक दाहालले बताउनुभयो । त्यस्तैं, सरसफाई र पारिवारिक वातबरणसहितको रेष्टुरेन्टमा एस्प्रेसो कफी, बेकरी, थकाली खाना, चिसो पेय पदार्थ र फ्रेस तथा अर्गानिक फुड र बर्थडे केक पाइने सञ्चालक दाहालले बताउनुभयो ।
एक करोड बढी रुपैया लगानी रहेको रेष्टुरेन्टमा उच्चस्तरीय र आर्कषक डेकोरेसनले सजाइएको छ । त्यस्तैं, रेष्टुरेन्टमा पार्टी तथा सेमिनार गर्न सकिने हलको सुविधा समेत रहेको छ ।
रेष्टुरेन्टले दमकभरी अवश्यक्ता अनुसार होम डेलिभरी गर्ने समेत सञ्चालक दाहालले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एबम दमकका सामाजिक अगुवा राजु खड्का, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख सुमन थुलुङ राई, हेल्दी एण्ड फ्रेस मिट मार्ट एण्ड यावा रेष्टुरेन्टका सञ्चालक सञ्जय राई लगायत पत्रकारहरुको सहभागिता थियो ।
