विराटनगर, १९ भदौं–प्रदेश नम्बर–१ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६२ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ को एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश-१ बाहिका ३ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २-२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी स्थानीय तह नखुलेका १-१, झापाको दमकमा १३, बिर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३, गौरादह, शिवसताक्षी र कचनकवलमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, छथर जोरपाटी र महालक्ष्मीमा १-१, इलामको चुलाचुलीमा १ र प्रदेश-१ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश–१ मा आज ३९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०१ म्हिला र १९० पुरुष छन् ।
