धरमपुर (शिबसताक्षी), १९ भदौं–नेपाली काँग्रेस पार्टीको वडा अधिवेशन अन्तरगर्त झापा शिबसताक्षी–२ को सभापतिमा युवा व्यवसायि काजीमान बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ ।
धरमपुरस्थित मंगलबारे बजारमा व्यवसाय सञ्चालन गर्दै सामाजिक कार्यमा सक्रिय युवा नेता बुढाथोकीले आज सम्पन्न पार्टीको अधिवेसनको निर्वाचन प्रकृया पुरा गर्दै सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो ।
पार्टी संगठनमा लामो समयदेखि काम गर्दै आउनुभएका बुढाथोकीले वडा सभापतिमा निर्वाचित भएपछि नेतृत्व र कार्यकर्ताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । व्यवसायमा अब्बल बुढाथोकीले पार्टीलाई समेत आगामी समयमा अब्बल बनाउनेमा स्थानीयहरु आशावादी छन् ।
त्यस्तैं, पार्टीको वडा सदस्यतर्फ केही पदहरुमा निर्वाचन मार्फत छिनोफानो हुने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।
