काठमाडौं, २० भदौं–गारेथ बेलको ह्याट्रिकमा वेल्सले फिफा विश्वकप २०२२ को छनोट चरणमा आज बेलारुसलाई ३–२ ले पराजित गरेको छ ।

भ्रमणकारी वेल्सले छैटौँ मिनेटमा बेलको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । २९औँ मिनेटमा बेलारुसका भिटाली लिसाकोभिचले पेनाल्टीमा बराबरी गोल फर्काए । त्यसको दुई मिनेट वित्न नपाउँदै पाभेल सेडकोले गरेको गोलबाट बेलारुसले अग्रता लियो ।

६९औँ मिनेटमा बेलले पेनाल्टीमै बराबरी गोल फर्काए । बेलले चार मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गरेको गोल वेल्सको जितमा निर्णायक बन्यो ।

युरोपेली छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको वेल्स पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा चेक गणतन्त्रलाई २–१ ले हराएको वेल्सले आजको जितसँग ६ अंक जोडेको छ ।

वेल्स तेस्रो स्थानमा छ । चार खेलबाट १० अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ भने सात अंक जोडेको चेक गणतन्त्र दोस्रो स्थानमा छ । चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *