दमक, २० भदौं–झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवा लिम्बूले कनकाई नगरपालिका ३ सुरुङ्गास्थित शिव पांञ्चायान मन्दिरलाई रु ५१ हजार प्रदान गर्नुभएको छ ।

पाथिभरा परोपकार संस्थाद्धारा संचालित यस मन्दिरलाई साँबाले निर्माणका लागि समेत २५ बोरा सिमेन्ट प्रदान गर्नुभएको पाथिभरा परोपकार संस्थाका सचिव दिनानाथ खतिवडाले बताउँनुभयो ।

घर-घरमा भजन किर्तन गर्दै जम्मा भएको रकमबाट स्थानीय गाउँलेले मन्दिर र सामुदायिक भवन बनाएका हुन । साँबाको नगद र सिमेन्ट सहयोग पाएपछि कम्युनिष्टहरु धर्मकर्ममा विश्वास गर्दैनन र हिन्दु धर्मलाई सहयोग गर्दैनन भन्ने पुरानो रुढिवादी परम्पराको अन्त्य भएको स्थानीयको भनाई छ ।

सांसद साँबाले उक्त ५१ ह्जार रुपैँयाको सहयोगको चेक मन्दिरका अध्यक्ष निलकृष्ण सेढाई, सचिव दिनानाथ खतिवडा लगायातलाई प्रदान गर्नुभएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *