दमक, २१ भदौं–झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कबिता निरौला रिजालले आज आफ्नो २९औं जन्मदिन भब्य रुपले मनाएकी छन् ।
दमक-१ निवासी कबिताले आज पर्न गएको आफ्नो जन्मदिनको अवसरमा दमक-४ मा अवस्थित रत्न जेष्ठ नागरिक वद्ध आश्रमका आमा बुबाहरुलाई फलफूल र मिठाई खुवाउनका साथै बिभिन्न खाद्यसामाग्रीहरु सहयोग हस्तान्त्रण गरेकी छन् ।
जन्मदिनमा शुभ्भेच्छुक, साथीभाई र आफन्तहरुबीचमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा हुने अनावश्यक खर्चलाई सामाजिक र परोपकार सेवातर्फ खर्च गरेको कविताले बताईन् । प्रत्येक बर्ष आजै (२१ भाद्र) को दिन पर्न गएको जन्मदिनमा सकारात्मक कार्य गर्न र अरुलाई पनि सकारात्मक सन्देश दिन परोपकार सेवामा सहयोग गरेको हो, कविताले भनिन् ।
कविताले त्यहाँ आश्रित जेष्ठ नागरिकहरुलाई चामल १ बोर, भुजा १ बोरा, बिस्कुट ५ कार्टन, आलु ५ केजी, बेसार २ केजी, सरफ २ केजी, नुन ३ केजी (प्याकेट), कपडा धुने सावुन आधा दर्जन, नुहाउने सावुन आधा दर्जनसहित स्याउ, केरा र मिठाई खुवाइएको थियो ।
गौरादहमा जन्मेकी कविता दमक निवासी राजन ‘राज’ रिजालसँग बिबाह बन्धनमा बाधिएकी छन् ।
सहयोग हस्तान्त्रण कार्यक्रममा बद्रिप्रसाद रिजाल, जमुनादेबी रिजाल, रोजीना निरौला र सलोस निरौला लगायतको सहभागित थियो ।
