दमक, २२ भदौं–झापामा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहित ७ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन ।

पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा जिल्ला समन्वय समिति झापाका २ जना सदस्य, एक वडा अध्यक्ष सहित ७ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्डनम्बर ७ का वडाअध्यक्ष नविन इजम छन् ।

त्यस्तैं, आजै सनाखत गर्नेहरुमा मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहनुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *