झिलझिले, २२ भदौं–झापाको शिबसताक्षी–७ का वडा अध्यक्ष एबम् शिबसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इमजले आज भद्रपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ताको सनाखत गर्नुभएको छ ।
नेकपा (एमाले) बाट स्थानीय निर्वाचनमा सानदार भोटसहित निर्वाचित जनप्रतिनिधि इजमले आज नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको नेता निलमणी बरालले बताउनुभयो ।
वडा अध्यक्ष इमजसहित जिल्ला समन्वय समिति झापाका सदस्य र अन्य वडा सदस्यहरु गरी ७ जनाले आज निर्वाचन कार्यालयमा पुगेर समाजवादीमा सनाखत गर्नुभएको हो ।
इजमसहित एकीकृत समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।
वडा अध्यक्ष इमज एमालेमा युवा संघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै? वहाँ संघका जिल्ला सचिवहुदै उपाध्यक्षको जिम्मेवारीमा हुनुहन्थ्यो ।
युवा नेता इजम लामो समयदेखि बिद्यार्थी राजनीतिबाट एमालेमा सक्रिय हुनुहुन्थ्यो । वहाँ, शिबगञ्ज गाउँ कमिटिको अध्यक्ष भएर समेत काम गर्नुभएको थियो ।
