झिलझिले, २२ भदौं–नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तगर्त झापाको शिबसताक्षी नगरपालिका नगर सभापतिका उम्मेद्वार युवा नेता तुलाराम बोखिमले निर्वाचनमा सहभागि हुनुहुने क्रियाशिल सदस्यहरु र मतदान कार्यमा खटिनुहुने सम्पूर्णलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सभापतिका उम्मेद्वार बोखिमले शिबसताक्षी–७ बाट खुल्लातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्वाचन गराउनुहुने क्रियाशिल सदस्यहरुसहित मतदान कार्यमा महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो ।
त्यस्तैं, आगामी २७ भदौंमा सम्पन्न हुन गइरहेको नगर अभिवेशनमा नगर सभापतिको आफ्नो उम्मेद्वारी रहेको जानकारी गराउदै नेता बोखिमले हालैं, नगरभरीबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु, वडा सभापति, पदाधिकारी र सदस्यहरुप्रति अमूल्य मतको आशा समेत गर्नुभएको छ ।
नेता बोखिमले लामो समयदेखि पार्टी र संगठनको निम्ति निरन्तर कार्य क्षेत्रमा जिम्मेवारका साथ काम गर्दै आएकोले १४औ) महाधिवेसनको क्रममा शिबसताक्षी नगरपालिकाको नगर सभापतिमा उम्मेद्वारी दिएको बताउनुभयो । वहाँले नगर सभापतिमा आफ्नो उम्मेद्वारीसँगै नेपाली काँग्रेसलाई अझै बलियो बनाउदै पार्टी एकता र शक्तिको निर्माणमा क्रियाशिलि रहने बताउनुभयो ।
सभापतिका उम्मेद्वार तुलाराम बोखिम नेपाली काँग्रेस शिबसताक्षी नगरका उपभापति हुनुहुन्छ । बोखिमले झापा क्षेत्र नं ५ का तरुण दल क्षेत्रीय सभापतिहुदै उनी तरुण दल जिल्ला सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गरिसक्नुभएको छ ।
युवा नेता बोखिमसहित नगर सभापतिमा उम्मेद्वार दिनेहरुमा पदम थापा, रुद्रमणी भट्टराई र अशोक बस्नेत छन् । बोखिम शिबसताक्षी–७ बाट सानदार मतसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचन हुनुभएको हो ।
त्यस्तैं, बस्नेत वडा नं ११, थापा वडा नं ५ र भट्टराई वडा नं ८ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचिन हुनुभएको हो ।

