दमक, २२ भदौं–दमकमा एकै स्थानबाट चार-चार प्रकारका मासु र मासु जन्य बस्तुहरुसहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आउने भएको छ । दमक–८ हाइबे दक्षिणतर्फ दमक हस्पिटल नजिकै स्थापना भएको ‘हेल्दी फ्रेस एण्ड मिट मार्ट’सहित ‘यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर’ले भोली (बुधबार) बाट आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको हो ।

बुधबार १० बजे समुद्घाटन हुने कार्यक्रम आयोजना गरिएको ‘हेल्दी एण्ड फ्रेस मिट मार्ट’सहित ‘यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर’का सञ्चालक सञ्जय राईले बताउनुभयो । राईका अनुसार दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल व्यवसायि संघ माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष राजन दंगालले संयुक्त रुपमा मिट मार्ट एण्ड रेष्टुरेन्टको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मिट मार्टमा खसी (बोका), कुखुरा, राँगा (भैसी) र सँुगुरका मासु उपलब्ध हुने छ । त्यस्तैं, मासु जन्य बस्तुहरु (किमा, ससेज, सुकुटी) उपलब्ध हुने सञ्चालक सञ्जय राईले हाम्रोसरोकारलाई बताउनुभयो । सञ्चालका राईका अनुसार सोही, स्थानबाटै विभिन्न प्रकारका स्वादसहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरले सेवा सुविधा दिइनेछ ।

मिट मार्टमा उपलब्ध हुने मासुलाई स्च्छ, सफा, स्वस्थ्यबद्र्धक, ताजा, गुणस्तरीय ढंङ्गले बिक्री गरिने सञ्चालक बताउछन् । त्यस्तैं, सस्तो, सर्बसुलभ मूल्यसहित होम डेलिभरीको समेत सुविधा दिइएको छ ।

सञ्चालक राईले एउटै छानामुनीबाट यति धेरै मासुहरु बिक्री गर्ने व्यवसायिक कार्य दमकमा पहिलो भएको बताउनुभयो । दमकमा यो पहिलो नै हो, राईले भन्नुभयो–’व्यवस्थित र स्वस्थ्यवद्र्धक मासुलाई ग्राहकसम्म पुर्याउने हाम्रो लक्ष्य हो ।’

१० जनाले प्रत्यक्ष रोजगार पाउने मिट मार्ट एण्ड रेष्टुरेन्टमा एक करोड बढी लगानी रहेको सञ्चालकले बताउनुभयो ।

सञ्चालक राई दक्षिणकोरियाबाट फर्केका हुन । यसअघि, दमकमा राईले स्वास्थ्य क्षेत्रमा काम र अनुभव बटुल्नु भएको छ ।

दमकको ताराबारीस्थित मदन भण्डारी मेमोरियलमा अध्ययन गरेर राईले निलहिरा समाजमा समेत ६ बर्ष स्वास्थ्यकर्मीको रुपमा काम गर्नुभएको छ ।

सञ्चालक राईले पाँचथरको मिक्लाजुङमा ‘डाडा मल्टिप्रपोज एग्रो फार्म’ सञ्चालनमा ल्याउनुभएको छ । त्यस्तैं, खसी, बोका, कुखुरा, राँगा र सुँगुरका लागि कमल गाउँपालिका र दमकमा साझेदारीमा एग्रो फार्म सञ्चालन गदैआउनुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *