दमक, २३ भदौं–स्वास्थ्यबर्दक , ताजा र गुणस्तरीय, सर्बसुलभ र होमडेलिभरीको सुविधामा मासु उपलब्ध गर्ने उदेश्यसहित आजदेखि दमकमा हेल्दी एण्ड फ्रेस मिट मार्टसहित यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको छ ।
दमक ८ को मुख्य चौकमा आजदेखि सञ्चालन भएको मिट मार्टसहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरको भब्य कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगालले सो मिट मार्ट एण्ड रेष्टुरेन्टको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । उद्घाटनको क्रममा श्रेष्ठ र दंगालले मिट मार्ट र रेष्टुरेन्टलाई विशेष धन्यवादसहित व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

मिट मार्ट तथा रेष्टुरेन्टका सञ्चालक सञ्जय राईका अनुसार ताजा मासुको अभाव पूरा गर्ने योजनाका साथ व्यवसाय सुरु गरिएको हो । दमकमा एउटै छाना मुनी र एकै स्थानबाट खसी (बोका), कुखुरा, सुँगुर र रागा भैसीका मासु बिक्रि हुनेछ ।
अलग अलग कोठाहरुमा व्यवस्थित ढंगले मासुलाई बिक्रीका लागि राखिएको छ । त्यस्तैं, मिट मार्टसँगै सोही स्थानमा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर पनि सञ्चालनमा आएको छ । सो रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरमा मःमm चाउमिन, थुक्पा लगायत चिया, कफी र चिसो पेयपदार्थहरु उपलब्ध गरिने सञ्चालकले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा स्वस्थ र फ्रेस मासु विक्रि वितरण गर्न लामो समयको अध्यायनपछि यो स्थान रोजेको राईले बताए । उनले विदेश बसाइमा आफूले गरेको अनुभवलाई स्वदेशमा प्रयोग गर्न आफ्नो प्रयास रहेको बताएका छन् ।

