काठमाडौं, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले आफूहरू पूर्णरूपमा वैधानिक रहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिंदै नेता नेपालले संविधान र सर्वोच्चको फैसला बमोजिम आफूहरू पूर्ण रूपमा वैधानिक भएको बताए ।

‘संविधान र सर्वोच्च अदालतको फैसलाबमोजिम हामी पूरै वैधानिक छौं । हामीमाथि कुनै पनि ह्वीप नलाग्ने भनेर सर्वोच्चको फैसलामा प्रष्ट छ’, उनले भने । नेता नेपालले एमाले सांसदहरूलाई ‘कानुन मिच्ने मान्छे’ भएको बताए । ‘उहाँहरू त संविधान कानुन पनि मिच्ने मान्छे हो । उहाँहरूले संविधान, कानुनको कुरा गर्नु पनि लाजमर्दो कुरा हो’, नेता नेपालले भने ।

नेता नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमाले सांसदहरूले बुधबारको संसद् बैठक अवरुद्ध गरेका थिए । अध्यक्ष नेपालले आफूहरूले संविधान र कानून बमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् ।

नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘उहाँहरूले कारबाहीको कुरा उठाउनुको कुनै अर्थ छैन ।’ उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *