काठमाडौं, २४ भदौं–विश्व नम्बार एक टोली बेल्जियमले फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई १-० ले हराएको हो ।
बेल्जियमको जितमा डेनिस प्राटले निर्णायक गोल गरे । उनले खेलको ३३औँ मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा डेनिसको यो दोस्रो गोल हो ।
जितसँगै बेल्जियमले ६ खेलबाट १६ अंक जोडेको छ । बेल्जियम समूह ‘ई’को शीर्ष स्थानमा छ । पराजित बेलारुस ५ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ ।
