यहि भाद्र २७ गते झापाको शिबसताक्षी नगरपालिकासहित देशभरी नेपाली काँग्रेस पार्टीको पालिका सभापति छनौट हुदैछ । प्रजातन्त्र, लोकत्न्त्र र गणतन्त्र प्राप्त गर्न काँगे्रेसको योगदान नेपाली राजनीतिमा महत्वपूर्ण छ ।

हाल, सोही पार्टीको १४औँ महाधिवेशनले देशभरीका क्रियाशील सदस्य, र साधारण सदस्यहरुबीच बहस भइरहेको छ । खासगरी, काँग्रेस पार्टीका लागि यो राजनीति महाकुम्भ मेला नै हो । यतिवेला यहि महाकुम्भ मेलामा पार्टीका कार्याकर्ताहरु होमिएका छन् ।

यसैबीच, १५ वटा पालिकाहरु रहेको झापाको शिबसताक्षी नगरपालिकामा काँग्रेसले सभापति छनौट गर्दैछ । ४ जना सभापतिका उम्मेद्वारहरुमध्ये एक हुनुहुन्छः तुलाराम बोखिम । युवा नेता बोखिम कांग्रेसको शिबसताक्षी नगरका वर्तमान उप–सभापति हुनुहुन्छ ।

खासगरी इमान र निष्ठाको राजनीति गर्नुहुने बोखिम शालिन, भद्र, गम्भिर, बौद्धिक र प्रष्ट बक्ताको रुपमा परिचित हुनुहुन्छ ।

दर्जन बढी सामाजिक संघसंस्थाहरुमा रहेर आफ्ना जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गरिसक्नुभएको छ । पार्टीभित्र खासगरी इमान र निष्ठाको राजनीति गर्नुहुने बोखिम शालिन, भद्र, गम्भिर, बौद्धिक र प्रष्ट बक्ताको रुपमा परिचित हुनुहुन्छ ।

उनै, सभापतिका उम्मेद्वार तुलाराम बोखिमसँग हाम्रोसरोकार  डिजिटल पत्रिकाले गरेको कुराकानीको अशः

१४ औँ महाधिबेशनको क्रममा तपाईको नाम चर्चामा आएको छ । खासगरी, यो चर्चा कसरी भएको हो ?

–म काँग्रेसको एउटा कार्याकर्ता हुँ । लामो समयदेखि निष्ठामा रहेर काम गर्दै आइरहेको तमाम पार्टी नेतृत्व र कार्याकर्ताहरुले देखेको र बुझेको कुरा नै छ । म एउटा इमान्दार कार्याकर्ता भएकोले यसपटक वडा अधिवेशनमा शिबसताक्षी–७ बाट सानदार मतसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको छु ।

यसका साथैं, म यस नगरको माटो, भुगोल, बातबरण, समाज र शैक्षिक, आर्थिक, सामाजिक, राजनीति बुझेको कार्याकर्ता हुँ । म यस नगरमा पार्टी उपसभापति भएर काम गरिसकेको छु । मैले यस महाधिवेशनमा सभापतिको आकाक्षा वा सभापतिको दाबी गर्न पाउने मुख्य अधिकार नै हो । पालो मेरो नै हो । अर्थात, नगर सभापतिमा मेरो प्रमुख हक नै लाग्छ । यसर्थ, मैले यस पटक नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति र सम्पूर्ण नेतृत्व अनि क्रियाशिल सदस्यहरुलाई सभापति पदमा मलाई मतदान गर्न वा साथ सहयोग गर्न आग्रह गरेको छु ।

तरुण दलमा लामो समयसम्म बिभिन्न पदमा रहेर काम गरेको अनुभब छ । महाधिबेशन प्रतिनिधि ,१३ औ महाधिबेशनबाट नगर सदस्य, हालः यस शिवसताक्षी नगरको उपसभापति भएर काम गर्दे आएको छु ।

तपाईले पाटीलाई पुर्‍याउनु भएको योगदान र तपाईको भुमिका के छ ?

‍–मैले नेपाली कांग्रेस निकट तरुण दलमा लामो समयसम्म बिभिन्न पदमा रहेर काम गरेको अनुभब छ । महाधिबेशन प्रतिनिधि ,१३ औ महाधिबेशनबाट नगर सदस्य, हालः यस शिवसताक्षी नगरको उपसभापति भएर काम गर्दे आएको छु ।

तपाई नै किन नगर सभापति हुनुपर्ने ?

–म पाटीको बफादार कार्यकर्ता हुँ । मैले लामो समयसम्म बिभिन्न पदमा रहेर काम गरेको छु । नगरबासी र क्रियाशिल सदस्यको समस्यमा साथ दिएको छु । पाटीभित्र भएका बेथितिहरुलाई परास्त गर्दै नमुना पाटीको रुपमा लैजान सक्ने म मा क्षमता छ । त्यसैले म नगर सभापति बन्नुपर्छ ।

क्षेत्रिय प्रतिनिधिमा सानदारसहित जीत हासिल गर्नुभयो । चुनौतीको पहाड होला कसरी सामना गर्दै हुनुहुन्छ ?

–आफु नगर सभापतिको प्रत्यासी उमेद्धार समेत भएकोले मतदाताहरुले नै आगमी २७ गते मेरो मुल्याकन गर्ने छन् । म किन ढुक्क छु भने क्षेत्रिय प्रतिनिधिहरुले मलाई विश्वास गर्ने छन् ।

आगामााी स्थानीय निर्बाचनमा नेपाली कांग्रेसलाई अब्बल र पाहिलो पाटी बनाउने मेरो भुमिका रहन्छ ।

नगर सभापति भएपछि तपाइको भाबी योजना के कस्ता छन् ?

–म सभापति भएपछि पहिलो काम भनेको पाटीमा भएको गुट उपगुटको अन्त्य गर्नेमा मुख्य भूमिका रहने छ । कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुलाई योगदानको आधारमा पद तथा स्थान दिएर समेट्ने छु ।

पाटी संगठनमा रहने बिभिन्न बिभागको संयोजकमा युवा पुस्ताहरुलाई योगदानको आधारमा कामको बाड फाँट गरी संयोजनको भूमिका खेल्ने योजना रहेको छ । साथै शिबसताक्षी नगरपालीकामा जनप्रतिनिधिको समय अवधि १ बर्ष बढी मात्र रहेकोले उक्त एक बर्षको समय अवधिमा प्रभाबकारी ढंगले प्रतिपक्षको भुमिका निर्भाह गर्नेछु ।

आगामााी स्थानीय निर्बाचनमा नेपाली कांग्रेसलाई अब्बल र पाहिलो पाटी बनाउने मेरो भुमिका रहन्छ ।

अझै पनि पाटीभित्र त्रियाशिल सदस्यता बितरणमा ठूलो समस्य छ ,यसमा तपाईको भुमिका के रहन्छ ?

–पाटीको क्रियाशिल सदस्यता बितरणमा ठूलो समस्य पक्कै पनि छ । क्रियाशिल सदस्यता वितरण प्रणालीमा अनियमितता छ यो मैले पनि महशुस गरेको बिषय हो ।

राम्रोलाई नभई हाम्रोलाई आफू खुशी बितरण गरी राम्रो ब्याक्तिलाई रोकेकै हो र राम्रो ब्यक्तिलाई त्रियाशिल सदस्यता बनाउन नसकेकै हो । यस बिषयमा सबैतिर ब्यापक बिरोध आइरहेको छ । यदी म सभापतिमा निर्बाचित भइ नगरको नेतृत्व गर्दैगर्दा अहिलेको कमि कम्जोरीलाई सुधार गरेर पाटीमा योगदान गरेका कार्यकर्ताहरुलाई माक्र त्रियाशिल सदस्यता बितरण गर्ने र उहाहरुको कामको मुल्यङकन गर्ने छु ।

शिबसताक्षी नगरमा ३ सय ६८ जना मतदाताहरुले मतदान गर्न पाउने अधिकार छ । उक्त मतदाता मध्ये ६० प्रतिशत भन्दा बढी मैले पाउने निश्चित छ ।

शिबसताक्षी नगरमा मतदाता संख्या कति छ र तपाईको पक्षमा कति मत आउने अपेक्षा गर्नु भएको छ ?

–हाम्रो पार्टीमा क्षेत्रिय प्रतिनिधिले मात्र नगरको निर्वाचनमा मत लगाउन पाइने नियम छ । जसअनुसार क्षेत्रिय प्रतिनिधिमा निर्वाचित ३ सय ६८ जना मतदाताहरुले मतदान गर्न पाउने अधिकार छ । उक्त मतदाता मध्ये ६० प्रतिशत भन्दा बढी मैले पाउने निश्चित छ ।

पाटीको अधिबेशनसंगै सभापतिको निर्वाचनलाई कसरी लिनुभएको छ ?

–पाटीको बिधान अनुसार निश्चित समयमा अधिबेशन हुन आवश्यक छ । म आफु सभापतिको प्रत्यसी भैरहदा निर्वाचन भनेको प्रजातन्त्रको अभ्यास हो । एकजनाको निश्चित जीत हुन्छ । यसमा जीत्नेले खुशी र हार्ने दुःखी हुने भन्दा पनि उपबिजेतालाई मिलाएर लानुपर्छ अनि मात्र संगठन मजबुत हुन्छ । यदी आफु नगरमा नेतृत्व गर्ने अवसर मिलेमा पाटीलाई एक ढिक्का बनाई नमुना बनाएर लाने मेरो योजना रहेको छ ।

पाटीमा सहमतिको प्रयास किन हुन सकेन ?

–सहमतिको प्रयास नभएको हैन । प्रयास भएको नै हो । तर ,अन्य प्रत्यसी उमेद्धारहरुलई पनि उपयुक्त स्थानको लागी पाटीको नेतृत्व पंत्तीले खोजी गरेकै होला जस्ले संगठनलाई बिस्तार गर्न सक्ने ,कार्यकर्ताको भावनालाई बुझ्ने, र प्रतिपक्षसंग प्रतिबाद गर्न सक्ने खालको उमेद्धारी छानेर सभापती बनाउनु पर्ने मेरो धारणा छ ।

अहिलेको अवस्थामा युवा पुूस्ताहरुलाई समेट्न सकिएन भने संगठन मजबुद हुदैन ।

सोध्न छुटाएको र भन्न मन लागेको छ भने ?

–हाम्रो पाटीले संगठन बिस्तार गर्दा पुराना कार्यकर्ताको दाजोमा युवा पुस्ताहरुलाई १० प्रतिशत पनि नसमेटोको अवस्था छ । अहिलेको अवस्थामा युवा पुूस्ताहरुलाई समेट्न सकिएन भने संगठन मजबुद हुदैन । तसर्थ युवा शक्तिलाई समेटेर स्थान दिएर संगठन मजबुद बनाउनु पर्ने आवश्यकता रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *