दमक, २५ भदौं–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको आज बिर्तामोडमा पहिलो बैठक सम्पन्न भएको छ ।

विर्तामोडस्थित मारवाडी भवनमा आयोजित बैठकका अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीले गर्नुभएको थियो । सो बैठकले आगामी १५ दिनभित्र पार्टी संगठन र सवै मोर्चाहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।

कार्यक्रममा पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्बर प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले सम्बोधन गर्नुभएको थियो । सो क्रममा खतिवडा र बस्नेतले जिल्ला कमिटीका पदाधिकारी, भातृ संगठनका नेतृत्वलाई र कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

एकीकृत समाजवादीले आगामी १० दिनभित्र झापाका १५ पालिका कमिटी विस्तार गर्ने, भातृ संगठन र मोर्चा निर्माणका साथै पुनर्गठन गर्ने प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तैं, आगामी १५ दिनभित्रका झापाको ५ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भातृ संगठन र मोर्चा निर्माण गरेर पार्टीका गतिविधिलाई थप अघि बढाउने भएको छ । गठन भएका विभिन्न विभागहरुलाई समेत पुर्णता दिने सिग्देलले जानकारी दिए ।

ओलीको असंवैधानिक कदमपछि गत बैशाख ३ गते झापामा एमालेको समानान्तरण कमिटी गठन भएको थियो । माधव नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि झापाको ३५१ सदस्यीय कमिटी नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरण हुने निर्णय गरेर अघि बढेका थिए ।

युवा संघका केन्द्रिय सदस्य प्रत्युस रानाले स्वागत गरेको कार्यक्रम पार्टीका जिल्ला सचिव निलमणी बरालले संचालन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *