दमक, २५ भदौं–नेपाली कांग्रेसको आसन्न दमक अधिवेशनमा प्रकास प्रसाइँ नेतृत्वको टिम घोषणा गरिएको छ ।

संस्थापन इतर रहेको यो टिमले सभापतिमा प्रकास प्रसाई, उपसभापतिमा युवराज खनाल (सागर) र मिना कोइरालालाई अघि सारेको छ ।

यस्तै, सचिवमा नवराज ढकाल र दिनेश अग्रवालले उम्मेद्वारी दिने भएका छन् । यो समूहले सह सचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उठाउने भएको हो ।

सचिवका उम्मेद्वार ढकालले मतदाता समक्ष मत माग्ने क्रम चलिरहेको बताए । नगर अधिवेशन २७ गते हुदैछ ।

यस पटकको अधिवेशनमा वडाबाट क्षेत्रीय प्रतिनिधीमा छनौट भएकाहरुले मात्रै मत दिन पाउने व्यवस्था गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *