दमक, २६ भाद्र–पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै पर्शुराम रिजाल नेतृत्वले दमकमा कांग्रेसको नेतृत्वका लागि उमेद्वारी घोषणा गरेको छ । नगर सभापतिमा रिजाल रहेको समुहले उपसभापतिमा प्रेम भट्टराईलाई अघि सारेको छ ।

युवा नेता विश्वप्रकाश शर्मा पक्षको यो टोलीले सचिवमा रामचन्द्र अधिकारी (आर।सी) लाई उमेद्वार बनाएको छ भने सह(सचिवमा रमुना चापागाईं र विजय राईलाई मैदानमा उतारेको छ।

उमेद्वारी घोषणा पछि सभापतिका उमेद्वार पर्शुराम रिजालले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकतावद्ध भएर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यसका लागि एक उपसभापति र एक सचिव पद आँफुहरुले खाली राखेको बताउनुभयो।

नगर अधिवेशनपछि निर्वाचन केन्द्रित भएर लाग्नुपर्ने भएकाले पार्टीलाई मजबूत बनाउन एकतावद्ध हुन सबैमा अपिल समेत गर्नु भएको छ। दमकमा पार्टी मजबुत हुँदाहुँदै पनि आन्तरिक बिभाजनका कारण अघिल्लो निर्वाचनमा पार्टीले हार व्यहोरेको उहाँले बताउनुभयो।

त्यस्तै नगर सभापति रोशन बिष्ट पक्षले पनि उमेद्वारी दिने तयारी गरेको छ। प्रकाश प्रसाइको नेतृत्वमा कृष्ण प्रसाद सिटौला पक्षधरले नगर अधिवेशनका लागि आफ्नो समुहको उमेद्वारी घोषणा गरिसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *