दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ ।

कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण प्रसाद खरेललाई ठूलो आन्द्रामा क्यानसर भएको थियो । कम्पनीको प्रावधान अनुसार खरेललाई आज एक कार्यक्रमबीच घातक रोग दाबी भुत्तानी बीमाङ्क रुकम हस्तान्त्रण गरेको हो ।

कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम ५० लाखको चेक हस्तान्त्रण गर्नुभएको थियो । चेक हस्तान्त्रण कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष नारायण भण्डारी, खरेलका श्रीमति तारा खरेल लगायतको उपस्थिति थियो । सो कार्यक्रमको सहजिकरण बरिष्ठ अभिकर्ता अर्जुन राईले गर्नुभएको थियो ।

५७ वर्षिय खरेल दमक ५ निवासी हुनुहुन्छ । खरेलले २०७७ साल असोज २६ गतेका दिन कम्पनीमा १० वर्ष अवधिका लागि रु ५० लाखको जीवन बीमा गर्नुभएको थियो । खरेलकका श्रीमती, दुई छोरा र एक छोरी छन् । दुबै छोरा डाक्टर र एक छोरी अमेरिकामा कार्यरत छन् ।

खरेलले कम्पनीमा अमृत वर्षा बीमा गर्नुभएको थियो । खरेलले पहिलो किस्ता वापत रु ७ लाख २२ हजार नौ सय भुत्तानी गुर्नभएको थियो ।

केही समय अघि खरेलले काठमाण्डौंमा क्यानसरको सफल शल्यक्रिया गराइसक्नुभएको छ । वहाँ, हाल विर्तामोडस्थित क्यानर अस्पतालमा उपचारत हुनुहुनछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *