काठमाडौं, २७ भदौं–नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।

संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *