काठमाडौं, २७ भदौं–आज देशभर ९ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार १८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आइतबार १ हजार ४२३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *