धरमपुर, २८ भद्रौ-नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागीबाट पीडित दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको छ ।
शिबसतासी- २ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासद तथा नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सदस्य झलकसिह दर्लामिले सो सामाग्री वितरण गर्नु भएको हो ।
१० जेष्ठमा मध्ये राति आगलागी हुँदा धरमपुरको मगलबारे बजारका नेत्र चिमोरिया र नन्दकला राईको घरमा क्षति भएको थियो । राईको घरमा डेरा गरेर लुगा कपडा सिलाउने ब्यबसाय गर्नु हुने कुमार महराको सबै धनमाल जलेर नस्ट भएको थियो ।
त्यसैगरी, चिमोरियाको घरमा एउटा होटल र किराना पसल थियो । चिमोरियाको घर आधा भाग जलेको थियो ।

यता राईले आफ्नो घरमा टेलर्स सन्चालन गरिआएको थियो । एउटै घरमा राई र महराले अलग अलग टेलर्स गर्दै आएको र आगलागीबाट सो सामाग्री जलेर नस्ट भएको थियो ।
नेकपा (माओवादी केन्द्र) नगर कमिटी शिवसतासीद्वारा कार्यक्रम आयोजना भएको हो । सो कार्यक्रमलाई वार्ड नम्बर १, २ र ३ को सयुक्त रुपमा गरेको थियो । रु ३० हजार मुल्य बराबरको इन्टरलक र लुगा सिलाउने मेसिन वितरण गरिएको थियोे ।
कार्यक्रममा नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, जिल्ला कमिटी सल्लाहकार दिपक बुडाथोकि, नगर सदस्य भुवन राई, वाईसीएल नगर कमिटी उपाध्यक्ष गोपाल नेयोङ, सचिब भुवन सेन्दाङ, खगेन्द्र राई, वार्ड ३ का अध्यक्ष राजु लिम्बु लगायत नेताहरूको उपस्थिति रहेको थियोे ।

