मस्कट (ओमान), २८ भदौं–आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले चौथो विकेट गुमाएको छ ।

अमेरिकाका नोसथुस केन्जुके ३०औँ ओभरको चौथो बलमा रन आउट भएका हुन् । उनले अमेरिकाका लागि २६ बलमा १३ रन बनाए ।

यसअघि नेपालका लागि कुशल मल्लले २३औं ओभरको तेस्रो बलमा निसागर पटेललाई तेस्रो विकेटको रूपमा बोल्ड आउट गराएका थिए । पटेलले ३९ बलमा २१ रन बनाए ।

त्यस्तै, सन्दीपले १०औँ ओभरको अन्तिम बलमा दोस्रो विकेट लिएका थिए । उनले सुशान्त मोडानीलाई १६ रनमा एलबीडब्लू आउट गराएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *