दमक, २८ भदौं–प्रदेश सांसद एबम् नेकपा (माओवादी केन्द्र) झापाका सह ईन्चार्ज झलकसिंह दर्लामीसहित गौरिगञ्जका स्थानीय जनप्रतिनिधि, सरकारी प्रतिनिधि, सामाजिक र राजनीतिकर्मीले बाढी प्रभावित क्षेत्र माहाभाराका विभिन्न गाउँहरुमा स्थलगत अवलोकन गर्नुभएको छ ।
लगातारको वर्षापछि कनकाई नदीमा आएको बाढीले दक्षिणी झापाको गौरिगञ्ज गाउँपालिका वडा १ को माहाभारास्थित होकलवारी, चौरी, कुन्जिवारी लगायतको क्षेत्रमा बाढीले डुवान गर्नुका साथै खेतीयोग्य जमिन कटान गरेको थियो ।
सांसद दर्लामीका स्वकीय सचिव एबम् नेकपा (माओवादी केन्द्र) शिबसताक्षीका नेता दुर्गा नेम्बाङका अनुसार गौरिगञ्ज गाउँपालिकाको वडा नं १ माहाभारास्थित होकलवारी (झोडा) मा कनकाई नदीले सो गाउँलाई चारैतर्फ डुवान गरिरहेको छ । सो गाउँमा हाल, यातायातका सवारी साधनसमेत आवत जावत गर्न समस्या छ, नेम्बाङले भने–’स्थानीयवासीहरु बजार किनमेल गर्न होस् या बालबालिकाहरु बिद्यालयसम्म जान पाइरहेको छैन् ।’ उनीहरु ढुंगा मार्फत आवत जावत गर्छन् ।’
झिलझिले–लालझोडा, हवलदारचौक हुदै जनता बजार-चौरी बजार र होकलबारीसम्म जोड्ने सडक कनकाई नदीले क्षतिग्रस्त बनाएको छ । चौरीदेखी होकलबारीसम्मको सडक खण्डमा रहेको बाँध समेत नदीले भत्काइदिएको छ । सो क्षेत्रमा रहेको धान खेतीसमेत नदीले बगरमा परिणत गरेको छ ।
बाढी प्रभावित क्षेत्रको अवलोकन पश्चात सांसद दर्लामीले उद्धार, राहत र स्वास्थ्य सम्बन्धीका समस्यामा आफ्नो तर्फबाट सम्बन्धित निकायलाई पहल गर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) प्रदेश १ का संसदीय दलका प्रमुख संचेतक, प्रदेश कमिटी सदस्य समेत रहनुभएका सांसद दर्लामीले स्थानीय तह, प्रदेश र संघीय सरकारको तर्फबाट बाढी प्रभावितवासीहरुलाई आवश्कीय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
टोलीमा वडा सदस्यहरु राजभक्त सुनुवार, टंक प्रसाद श्रेष्ठ, जानुका गौतम, जनताका तटबन्ध कार्यालयका इन्जिनियर आषिश गौतम, प्रविण मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष तीलक प्रसाद राजवंशी, वडा सचिव टेक बहादुर योङयाङ, वाइसियल केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज कुमार आचार्य, जिल्ला सदस्य बिकाश श्रेष्ठ लगायतका सहभागिता थियो ।

