झिलझिले, २८ भदौं–झापाको शिबसताक्षीमा नेपाली काँग्रेस पार्टीको नगर सभापतिका उम्मेद्वार तुलाराम बोखिमले आगामी निर्वाचनमा काँग्रेसलाई शिबसताक्षीको ठूलो दल वा प्रमुख शक्तिको रुपमा स्थापित गर्न पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरुलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

सभापतिका उम्मेद्वार बोखिमले काँग्रेसलाई जनताको साझा पार्टी बनाउन र देखिएका सवै खाले गुट उपगुटको अन्त्य गर्दै अघि बढ्न सके आगामी निर्वाचनमा काँग्रेस ठूलो दल वा प्रमुख शक्तिको रुपमा स्थापित हुने बताउनुभयो ।

१४ औं महाधिवेशनको सन्दर्भमा नगर सभापतिका उम्मेदवार बोखिमसँग गरिएको कुराकानीमा यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । वहाँले यस पटक मलाई सभापतिमा निर्वाचित गराउनुहोस्, म काँग्रेसलाई ठूलो दल वा प्रमुख शक्तिको रुपमा स्थापित गर्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाल, काँग्रेस शिबसताक्षी नगरको उपसभापति समेत रहनुभएका बोखिमले तरुण दलको क्षेत्र, जिल्ला र केन्द्रसम्म जिम्मेवारी लिएर काम गरिसकेको बताउनुभयो । वहाँले शिबसताक्षी नगरपालिकामा आफू सभापति भएपछि आफनो कार्यकालभर संसदीय फाँटका कुनै पनि तहमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

नगर सभापतिको प्रमुख दाबेदार मध्येमा पर्ने युवा नेता बोखिमले कांग्रेस अधिवेशन आन्तरिक हुनुपर्नेमा केही समूहले अन्य प्रतिस्पर्धी दलसंगको निर्वाचनमा जस्तै प्रचार प्रसार गरिरहेको भन्दै आलोचना गरे ।

उनले आफनो कार्यकालमा पार्टी भित्र सबै खाले स्थानीय गुटहरुको अन्त्य गर्दै साझा कांग्रेस निर्माण गर्ने उदघोष पनि गरे । उनले भने–‘म सबैको साझा कांग्रेस बनाउन लाग्नेछु मेरो कार्यकालमा म आफैं संसदीय फाँटका कुनै पनि निर्वाचनमा टिकट लिने छुइन पार्टीका सक्षम र योग्य नेता कार्यकर्तालाई अवसर दिनेछु र सिंगो पार्टीलाई बहुमत स्थानमा जिताउन भुमिका खेल्नेछु ।’

२०५६ सालदेखि नेपाल तरुण दलबाट पार्टीको राजनीतिमा सक्रिय बोखिम तरुण दलको जिल्ला सदस्य हुँदै केन्द्रिय महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

उनले १३ औं महाधिवेशनमा शिवसताक्षी नगर सदस्य पदमा सर्वाधिक मत पाएर जित हासिल गरेपछि हाल नगर उपसभापतिका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

सभापतिका उम्मेद्वार बोखिमले वडा नं ७ बा क्षेत्रीय प्रतिनिधिको रुपमा बिजय हुनुभएको छ । वहाँले सर्वाधिक मतसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हो ।

११ वटा वडा रहेको शिवसताक्षीमा पार्टीको वडा अधिवेशनले चार वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ भने ७ वटा वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको छ ।

शिबसताक्षी नगरमा कूल ३७४ जना क्षेत्रीय प्रतिनिधिहरु मतदाताका रुपमा प्रस्तुत हुने छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *