दमक, ३० भदौं–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटी सदस्य एबम् पष्पलाल मित्रता केन्द्र दमक नगर कमिटीका सल्लाहकार निर्मला लामिछानेका दिवंगत पिता श्रीप्रसाद लामिछानेको ७औ पुष्य तिथीको अवसर पारेर दमक–१ स्थित निजी निवासमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
बुधबार, दमक-१ मा अवस्थित लामिछानेको घरैमा एक कार्यक्रमबीच श्रीप्रसादप्रति श्रद्धाञ्जली सभा गरि परिवारलाई समवेदना पत्र समेत हस्तान्त्रण गरिएको नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य एबम् युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेलले जानकारी दिनुभयो ।
श्रद्धाञ्जली सभा तथा समवेदना पत्र हस्तान्त्रण कार्यक्रमा नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मी र सचिव निलमणी बरालसहित पुष्पलाल मित्रता केन्द्र प्रदेश १ का उपाध्यक्ष एबम् दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकी लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।
न्त्यस्तैं, सो अवसरमा नेकपा (एकीकृत समाजवादी) झापाका नेता मणि भण्डारी, राजेन्द्र दाहाल, इन्द्र प्रसाई, तुलशी निरौला, टिका प्रसाई, भीम दाहाल, हरिकृष्ण पौडेल, कमल कटुवाल, तीर्थ नेपाल, केशब दाहाल, पुष्पलाल मित्रता केन्द्र दमक नगर अध्यक्ष महेश घिमिरे र सचिव सुमन कार्की लगायतको सहभागिता थियो ।
२००६ सालमा भोजपुरको याङपाङमा जन्मिनुभएका लामिछानेले नेपालमा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।
पुष्पलाल मित्रता केन्द्र दमक अध्यक्ष घिमिरेका अनुसार भोजपुरबाट जीवनयापनको क्रममा दमक–१ मा आइपुग्नुभएका श्रीप्रसाद लामिछानेले दमकको सामाजिक र राजनीति क्षेत्रमा समेत महत्वपूर्ण काम गर्नुभएको थियो । दिवंगत लामिछानेका दुई छोरा निर्मल र रेवतीसहित दुई बुहारी छन् भने तिन नाति र तिन नातिनीहरु छन् ।
निर्मल तत्कालिन नेकपा एमाले निकट बिद्यार्थी राजनीतिबाट र आन्दोलनबाट सक्रिय रहदै आउनुभएको हो । हाल, निर्मल एकीकृत समाजवादी झापा जिल्ला कमिटीका सदस्य र पुष्पलाल मित्रता केन्द्र दमक नगरका सल्लाहकार सदस्य हुनुहुन्छ ।
कान्तिकारी बिचारका धनी श्रीप्रसाद लामिछाने मृद्धभाषि, प्रष्ट बत्ता, धार्मीक तथा परोपकार सेवाप्रति काम गर्नुहुन्थ्यो । लामिछानेको ७२ बर्षको उमेरमा भाद्र २४ गते असमायिक निधन भएको थियो ।


