गुल्मी, ३० भदौं–नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री सचिव गोकर्णराज बिष्टले एमाले विभाजनले पार्टीमा ठूलो असर नपरेको दाबी गरे ।
नेकपा एमाले गुल्मीले बुधबार तम्घासमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले विभाजनको असर खासै नभएको बताएका छन् । पहिले माधव नेपालको पक्षमा उभिएका उनले आफू सधै पार्टी एकताको पक्षमा रहेको बताउँदै जति सुकै ठूलो प्रशंशा गरे पनि पार्टी विभाजन भने रोक्न नसकेको बताए।
उनले माधव नेपाललाई पटक पटक सम्झाउँदा सम्झाउँदा रातमा सुत्न समेत नपाएको उल्लेख गरे । माधव नेपाललाई दिन रात सम्झाउँदा पनि अन्तिममा तपाईँहरू भनेर के गर्नु म मान्दिनँ भनेर भन्ने गरेको उल्लेख गरे ।
पछिल्लो समयमा आफूहरुसँग छलफल नै नगरी माधव नेपालले नयाँ पार्टी घोषण गरेको र दर्ता गरेको भन्दै त्यो जनताको हितमा नभएको बताए ।
गुल्मी जिल्लाको सन्र्दभमा एक जना नेता तथा जनप्रतिनिधिहरुले एकीकृत समाजवादी नरोज्नुले पनि गुल्मी जिल्ला एकताको पक्षमा रहेको पुष्टि भएको बताए ।
