फाक्तेप (सिमाना चोक), ३० भदौं–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित फाक्तेप मिनी गोल्डकप संचालनको लागी हालसम्म प्रबासी नेपालीहरुबाट मात्रै रु ३ लाख ५० हजार बढी रकम संकलन भएको छ ।
फाक्तेपमा आगमी मंसिर १ गतेबाट संचालन हुने फाक्तेप मिनी गोल्ड कपको लागी उक्त रकम संकलन भएको हो ।
गोल्ड कपका लागि अझै संकलन जारी रहेको प्रबासी नेपाली आर्थिक संकलन उपसमितिका संयोजक रणबहादुर खत्रि (निकेश) ले बताएका छन । उनका अनुुसार बैदेशिक रोजगारीको क्रममा बिभिन्न मुुलुकहरुमा छरिएर रहेका स्थानीय फाक्तेप आसपासका युवाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको र अन्यबाट पनि आउनेक्रम जारी रहेकोले बैदेशिक रोजकारीमा कार्यरत युवाहरुबाट रु ५ लाखसम्म आर्थिक संकलन हुनसक्ने अनुुमान गरेको जानकारी दिए ।
यता, गोल्डकप संचालनको लागी ग्राउण्ड सम्याउने ,आर्थिक संकलन गर्ने र क्लब दार्ताको काम भइरहेको क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताए ।
मंसिर १ गते बाट संचालन हुने प्रतियोगितामा झापा, इलाम, मोरङ र सुनसरी समेतका गरी ८ टिमको सहभागी रहने तयारी भइरहेको छ ।
स्वास्थ्यको लागी खेलकुुद र राष्ट्रियको लागी खेलकुुद भन्ने मुुल नारालाई आत्मा साथ गर्दै खेल आयोजना हुन लागेको हो । फुुटबल खेलबाट परिचित फाक्तेपले बिगतदेखि बर्तमानसम्म पनि बिभिन्न क्षेत्रमा गएर आफ्नो खेल प्रदर्शन गरि बिभिन्न उपाधी हासिल गर्दै आएको छ ।
गोल्ड कपका लागि फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको प्रङगणमा हुने जनाइएको छ ।
