काठमाडौं, ३१ भदौं–फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा क्लब बुर्गसँग बराबरी खेलेको छ । लियोनल मेस्सीको टोली पीएजीले बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । क्लब बुर्गको घरेलु मैदानमा भएको खेलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो ।

पीएसजीका लागि आन्द्रे हेरेराले १५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता, क्लब बुर्गका लागि २७औं मिनेटमा हन्स भानाकेनले गोल गर्दै टिमलाई हारबाट जोगाए ।

च्याम्पियन्स लिगमा उपाधि दावेदार मानिएको पीएसजीले पहिलो खेलमा बराबरी खेल्दै अंक बाडेको हो । पीएसजीमा यो सिजन मात्र अर्जेन्टिनी स्टार मेस्सी आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *