काठमाडौं, ३१ भदौं–च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन रोर्डीगोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलका लागि रोर्डीगोले दोस्रो हाफमा गोल गरेका हुन् ।
उनले खेलको ८९औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाएका हुन् । १३ पटकको च्याम्पियन रियलले च्याम्पियन्स लिगको नयाँ सिजनमा पनि सुखद सुरुवात गरोको छ ।
जितसँगै समूह ‘डी’मा रहेको रियलले १ खेलबाट ३ अंक जोडेको छ । पराजित इन्टरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
