काठमाडौं, ३१ भदौं–नेपालमा भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा टेस्ट पोजिटिभिटी दर १०।६ प्रतिशत छ । पाँच महिनायता बुधबार सबैभन्दा कम संक्रमितको मृत्यु भएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण सातजनाको मृत्यु पुष्टि भएको हो ।
यस्तो छ साउनयताको तथ्यांक
नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण उच्च भएयता साउन महिनामा सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ गतेसम्म आइपुग्दा सात लाख ३४ हजार ८३८ पुग्यो । यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम रह्यो ।
साउनमा ५८ हजार ६७२ जना संक्रमणमुक्त भए । जबकि, थपिने संक्रमितको संख्या ७२ हजार २६८ थियो ।
साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
