भक्तपुर, ३१ भदौं–आफ्नै काकाको ३ लाख रुपैयाँ लुटेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडीका २६ वर्षीय लवजित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
लवले आफ्नै काकालाई बिदेश पठाई दिन सहयोग गरिदिन्छु भनि लोकन्थलीमा लगेर नगद लुटेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
लुटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
