दमक, ३१ भदौं–झापाको कमल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँ कमिटी भेलाको आयोजना गरेको छ । सो भेलाले गौरी राईको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ (कान्तिकारी) कमल गाउँ कमिटिी गठन गरिएको छ ।

माओवादी केन्द्र कमल गाउँ कमिटी अध्यक्ष रविन गुरुङ्गले दिएका जानकारी अनुसार संघको उपाध्यक्षदयमा नरमाया तामाङ र अनिशा लावुङ चुनिएका छन् । त्यस्तैं, सचिवमा शान्ता दाहाल, कोषाध्यक्षमा कल्पना राई र सहसचिवमा ज्योती शेर्पा चुनिएका छन् ।

भेलामा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पार्टीका झापा जिल्ला ईन्चार्ज धर्मशिला चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । नवगठित कमिटीका पदाधिकारी र कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।

कमल गाउँपालिकामा यसअघि पार्टीको वडा कमिटीहरु गठन गर्दै
मोर्चाहरु निर्माण कार्यलाई सम्पन्न गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *