धरमपुर, ३१ भदौं–झापाको शिबसताक्षी-२ मा आज सम्पन्न भेलाले लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग (वाइसिएल) वडा कमिटी गठन भएको छ ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएल वडा नं २ को उपाध्यक्षमा किसोर कुमार लिम्बू, धङाल सोरेन र स्मिता नेम्बाङ छन् । सचिवमा भरत आङदेम्बे, सह–सचिवमा कासीनाथ भण्डारी र कोषाध्यक्ष बबिता राई चयन भएका छन् ।
त्यसैगरी, वडा सदस्यहरुमा निपेस गजमेर, सरोज थापा, दर्शन आचार्य, मनिस तामाङ, तिलकबहादुर चेम्जोङ, डिग्रेट इङनाम, सन्दीप खाती, पुर्णबहादुर कडरिया, निरोज भन्डारी, मनकुमार श्रेष्ठ, ताराप्रसाद आचार्य, मनिस राई, सुरज राई, सनम शेर्मा, कृष्ण हस्ता, मनिष कार्की, लुबुहाङ राई, पुजा तिमिल्सिना, वर्षा इङ्नाम, प्रकाश मुर्मु चयन भएका छन् ।
आजै, शिबसताक्षी–मंगलबारे बजारमा नेकपा (माओवादी केन्द्र) को २ नम्बर वडा पार्टी कार्यलयको उद्घाटन गरिएको छ । कार्यलय उदघाटन नेकपा (माओवादी केन्द्र) का झापा जिल्ला सह–इन्चार्ज समेत रहनुभएका प्रदेश सांसद झलकसिहं दर्लामीले गर्नु भएको थियो ।
वाइसिएल नगर कमिटि अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला स–इन्चार्ज तथा प्रदेश सांसद दर्लामीको प्रमुख आतिथ्यमा भएको थियो ।
सो कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य कल्पना कार्की, शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, जेष्ठ कम्युनिस्ट मंच जिल्ला सदस्य प्रभु फुयाल, वडा नं २ का अध्यक्ष भीम नेम्बाङ, नगर कमिटी सदस्य एबम् वाइसिएल नगर कमिटीका निवर्तमान अध्यक्ष भुवन राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु, सन्जिब राई, सचीव भुवन सेन्दाङ, कोषाध्यक्ष संगीता राय, पार्टीका नगर कमिटि सचिवालय सदस्य सन्जय राई, कुमार कोइराला मोहन तुम्बाफो, वाइसिएल नगर सदस्य खगेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका नगर कार्यलय सदस्य प्रेम याम्फु राइले गरेका थिए ।
