उर्लाबारी, ३१ भदौ–उर्लाबारीका पत्रकार सरोज बस्नेतले आफूले पाएको पुरस्कारको रकम दृष्टिविहीन दम्पतीलाई प्रदान गरेका छन् ।
आज उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारणसभामा संघले बस्नेतलाई नगद ५ हजार १ सयसहित सम्मान गरेको थियो ।
पुरस्कृत बस्नेतले आजै उर्लाबारी–४ का दृष्टिविहीन दम्पती होम बयलकोटी र सम्झना बयलकोटीको घरमै पुगेर उक्त रकम प्रदान गरे ।
दृष्टिविहीन दम्पतीको दैनिक जीवन निर्वाहका लागि केही सहयोग पुगोस् भनेर आफूले पाएको पुरस्कारको रकम उनीहरुलाई प्रदान गरेको सञ्चार क्लबका निवर्तमान अध्यक्ष समेत रहेका बस्नेतले बताए ।
बयलकोटी दम्पतीका लागि उनले यसअघि पनि सहयोग गर्दै आएका थिए ।
