दमक, ३१ भदौं–दमकका समाजसेवी विमल गुरुङद्वारा आफ्नो आमा स्व. शान्ता कला गुरुङको स्मृतिमा ४० वर्ष उमेर समुहका (भेट्रान) व्यक्तिहरुको लागि “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना गराउने भएको छ ।
यसको पुरस्कार राशि क्रमशः प्रथमः रु. २०,००० र द्वितीयः रु. १०,००० गरी जम्मा रु. ३०,००० रहने छ ।
स्मृति खेल प्रतियोगितामा आफ्नो ब्यस्त दैनिकी सँग-सँगै स्वस्थय रहनका लागि खेलकुदको आवश्यकता महशुस गराउने उद्देश्य समेत रहेका स्मृति प्रतियोगिताका संयोजक सञ्जय लिम्बुले बताउनु भयो ।
प्रतियोगितामा दमकका स्थानिय ‘सौजन्य ब्याडमिन्टन कोर्ट’ को सहकार्य रहने छ । प्रतियोगिता असोज ८ र ९ गते गरेर जम्मा २ दिनसम्म रहने जानकारी समेत गराउनु भयो ।
