काठमाडौं, १ असोज–टोटेनहमले युरोपा कन्फ्रेन्स लिग फुटबलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । रेनसको मैदानमा खेलको ११औं मिनेटमा लोसिक बाडेको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनायो ।

फ्लाभिन टेइटले २३औं मिनेटमा गोल गर्दै रेनसलाई १–१ गोलको बराबरीमा फर्काए । ७२औं मिनेटमा गेटन लाबोर्डेले गोल गर्दै रेनसलाई २–१ को अग्रता दिलाए ।

७६ औं मिनेटमा पीएरे इमिलले गोल गर्दै खेल २–२ गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए । बराबरीसँगै समूह ‘जी’ को टोटेनहम र रेनसले पहिलो खेलमा १-१ अंक जोडेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *