मंगलबारे (धरमपुर), २ असोज–कमजोर आर्थिक अवस्थाका सिताराम हेमरम (सतार) को मृत्यू भएपछि काज क्रियामा बसिरहेका परिवारलाई नेकपा (माओवादी केन्द्र) र वाइसिएल वडा कमिटी शिबसताक्षी-२ ले आज संयुक्त रुपमा रु १२ हजार ६ सय २० सहयोग गरेको छ ।

मगलबारे बजारस्थित दक्षिणमा रहेको हेमरमको घरैमा पुगेर दिवंगत सितारामकी पत्नि मङ्गली र छोरा अर्जुन हेमरमलाई सो सहयोग रकम हस्तान्त्रण गरिएको हो । नेकपा (माओवादी केन्द्र) वडा नं २ का अध्यक्ष समेत रहनुभएका युवा व्यवसायी एबम् मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ, वाइसिएल नगर उपाध्यक्ष सञ्जिव राई, वाइसिएल नगर सदस्य खगेन्द्र राई, वाइसिएल वडा अध्यक्ष लक्ष्मीप्रसाद गुरुङले संंयुक्त रुपमा सहयोग हस्तान्त्रण गरेका हुन् ।

घरको मुख्य अभिभाबहको निधन भएपछि क्रियामा बसिरहेका एनका श्रीमती र छोरालाई खाना तथा घरायसी व्यवस्थापनमा समस्या भएको खबर बाहिर आएपछि सहयोग गरिएको नेकपा (माओवादी केन्द्र) वडा अध्यक्ष भीम नेमबाङले बताउनुभयो । नेम्बाङका अनुसार समाजमा मानवीय नाताले पनि सहयोग गर्नुपर्ने अवस्थाका हेमरम परिवारलाई दुःखाको घडीमा आर्थिक सहयोग जुटाइएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *