झिलझिले, २ असोज–पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय लिम्बूवान मञ्च नेपालले संगठन सुढृढिकरण कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
संघीय लिम्बूवान मञ्च शिबसताक्षी नगर कार्य समितिले आज झापाको झिलझिलेमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो ।
झिलझिलेस्थित मञ्चको पार्टी कार्यालयमा पत्रकार भेटमा शिबसताक्षी नगरको ११ वटै वडाहरुमा वडा सम्मेलन गरेपछि नगर सम्मेलन गर्ने जनाएको छ ।
नगर अध्यक्ष प्रकाश लिङदेनद्वारा हस्ताक्षरित प्रेष बिज्ञप्तिमा ६ असोजदेखि १६ गतेसम्म नगरको ११ वटा वडाहरुमा सम्मेलन गर्ने र २३ असोजमा नगर कार्य समितिको सम्मेलन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
सो बिज्ञप्तिमा असोज ६ गते वडा नं ११, असोज ७ गते वडा नं १०, असोज ९ गते वडा नं ९, असोज ९ गते वडा नं ८, असोज ११ गते वडा नं ७, असोज १२ गते वडा नां ६, असोज १३ गते वडा नं ५, असोज १४ गते वडा नं ३, असोज १५ गते वडा नं २ र असोज १६ गते वडा नं १ गते सम्मेलन गर्ने कार्यक्रम उल्लेख छ ।
त्यस्तैं, वडा अधिवेशन सम्पन्न भएपछि नगर कार्य समितिको असोज २३ गते नगर सम्मेलन गर्ने कार्यक्रम रहेको बिज्ञप्तिमा उल्लेख छ ।
संघीय लिम्बूवान मञ्च नेपालको वडा सम्मेलन र नगर सम्मेलनसम्म १५ सयदेखि २ हजार क्रियाशिल सदस्य पुग्ने नगर अध्यक्ष प्रकाश लिङदेनले जानकारी दिनुभयो ।
संघीय लिम्बूवान मञ्च नेपाल शिबसताक्षी नगर कार्य समितिका उपाध्यक्ष प्रताप निङलेकुका अनुसार आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
युवा नेता निङलेकुले संघीय लिम्बूवान मञ्चको बिचार, सिद्धान्त र झण्डामुनी बसेर काम गर्नुहुने आम कार्याकर्ताहरुको भावनालाई सम्मान गर्दै स्थानीय निर्वाचनमा पालिकामा जनप्रतिनिधिको रुपमा बिजय गराउन राजनीति कार्यगत एकता हुने जानकारी गराउनुभयो ।
नेता निङलेकुले शिबसताक्षी वडा नं १ र ८, ९, १० र ११ मा लिम्बूवान पार्टीमा आस्थावान मतदाताहरुलाई प्रशिक्षण मुलक कार्यक्रमहरु गर्ने कार्यक्रम समेत रहेको जानकारी गराउनुभयो । त्यस्तैं, पार्टीको भातृसंघ-संगठनको गठन र पुर्नगठन गर्दै नगरको गतिविधिहरुमा सक्रियता बनाइने नेता निङलेकुले बताउनुभयो ।
पत्रकार भेटघाटमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य भीम बहादुर सुनुवार, संघीय लिम्बूवान मञ्च झापाका अध्यक्ष धनबहादुर पन्धाक, बिद्यार्थी नेता बिबेक सुनुवार र बुद्धिजिवी कमल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा पार्टीका अगुवा नेताहरुले पत्रकारहरुका जिज्ञासा र सवालहरुमाथि जवाफ दिनुभएको थियो ।
