झिलझिले, २ असोज–मोफसलमा रहेर नेपाली फुटबलको श्रीबृद्धिमा निरन्तर सघर्षरत झापाको झिलझिलेस्थित सतासीधाम स्पोटिङ क्लबलाई वाटर किङ्डम पार्क झिलझिलेले मुख्य प्रायोजन गर्ने आज सम्झौता भएको छ ।
सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि वाटर पार्कको लोगो अंकित जर्सी वितरण गरिएको क्लबका सदस्य एबम् युवा व्यवसायि मोहन राईले जानकारी गराउनुभयो ।
शिबसताक्षी–८ झिलझिलेस्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले उक्त जर्सी खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् ।
शिवसताक्षीका खेल प्रेमी तथा खेलाडी भाईहरुले खेल क्षेत्रमा देखाएको सफलता र यस क्षेत्रलाई खेल मार्फत चिनाउन गरेको योगदानको कदर गर्दै उक्त जर्सी वितरण गरिएको पार्क सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए ।
उनले सी डिभिजन सहभागी खेलाडीहरुको सम्पूर्ण खर्च समेत आफैले गरिदिने घोषणा गरेका छन् । जर्सी वितरण वाटर किङडम पार्कको प्राङ्गणमा भएको थियो ।
