अनिलदेब राई/झिलझिले, २ असोज–बिश्व सरसफाई दिवसको अवसर पारेर आज झापाको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

धार्मीक तथा पर्यटकीय क्षेत्रमा आगान्तुक पाहुनाहरुका लागि स्वच्छ र सफा वातबरणमा स्वागत गर्न झापा क्लिन एण्ड ग्रीन प्रालि, शन्देश युथ फाउण्डेसन झिलझिले र अल्ट्रा एजेकेशनल पार्क दमकको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई सञ्चालन हुनु अघि संक्षिप्त कार्यक्रममा अभियानकर्मी एबम् झापा क्लिन एण्ड ग्रीन प्रालिका संयोजक भीम बोहोराले विश्व सरसफाई दिवसको अवसरमा युवाहरुप्रति संचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका अर्का अभियानकर्मी सन्देश युथ फाउण्डेसन झिलझिलेका अध्यक्ष सुवास गौतमले प्रवित्र तीर्थस्थलको प्रचार प्रसार र प्रवर्दन गर्न सरसफाई गरिएको बताउनुभयो ।

त्यस्तैं, कार्यक्रममा अल्ट्रा एजुकेसनल पार्कका अध्यक्ष रमेश थापाले सरसफाई कार्यक्रमको नेतृत्व गरेका थिए ।

सो कार्यक्रममा झिलझिले करातेका प्रशिक्षक दुर्गा प्रसाई, शिबसताक्षी स्काउटका अध्यक्ष डिगम पराजुली, युवा नेता सिकिन पासवानको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी, झिलझिलेका व्यवसायिहरु, शिबगञ्ज, दुधे र धरमपुर लगायतका युवाहरुसहित ५० जनाको संख्यामा सहभागिता रहेको सुवास गौतमले जानकारी दिनुभयो ।

सताक्षीधाम मन्दिर परिसरबाट सरसफाई सुरु भएको थियो । सताक्षीधाम मन्दिरको प्रवेशद्वारदेखि सतासी खोलाका तटिय क्षेत्रमा रहेको फोहोर मैला व्यवस्थापन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

सताक्षीधामको मुख्य परिसरबाट सुरु भएको सरसफाई गोलक गोवद्र्धन गौशाला क्षेत्रसम्मका सडकको दायाँ–बाँयातर्फका दालमोड, चाउचाउ, बिस्कुट, जुस, रेडबुल, चुरोट, गुटका, पराग, खैनी, मिनिरल वाटरका खाली बोतलहरु लगायतका सामाग्रीहरु सङकलन गरिएको अभियानकर्मी गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सढ्ने र नसढ्ने बस्तुहरुलाई अलग अलग प्लाष्टिकको बोरामा सङकलन गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *