दमक, २ असोज–कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् ।

फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाईपछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् ।

उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् ।

गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *