दमक, ४ असोज–झापामा नेकपा (एकीकृत समाजवादी) ले जिल्लाभर गाउँ र नगर कमिटी विस्तारका कार्यलाई तिब्र बनाउने भएको छ ।
असोज ९ गते शनिबार दमकमा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी घोषणा कार्यक्रम आयोजना गरिएको छ । त्यस्तैं, शिबसताक्षी नगरपालिकामा असोज ११ गते सोमबार शिबगञ्जमा नगर कमिटी घोषणाको कार्यक्रम तयारी भएको छ ।
यी दुबै कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थितिमा सम्पन्न हुने जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीले जानकारी दिनुभयो ।
दमकमा यसअघि नै पुष्पलाल मित्रता केन्द्र मार्फत सम्पर्क कार्यालय स्थापना गर्नुका साथै अखिल फोर्स गठन भएको छ । पुष्पलाल मित्रता केन्द्र दमक नगरमा २५ सदस्यीय कमिटी र अखिल फोर्स दमक नगरमा ४१ सदस्यीय कमिटी गठन गरिएको छ ।
पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटीको दमकमा सम्पन्न बैठकले नेकपा (एकीकृत समाजवादी) गठन गर्नुका साथै बिद्यार्थी, युवा, महिला लगायतका संघ संगठनहरु घोषणा कार्यक्रमको आयोजना गरेको हो ।
पुष्पलाल मित्रता केन्द्र दमक नगरका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले शनिबार सम्पन्न हुने कार्यक्रमलाई व्यवस्थित र बृहत बनाउन नगरको १० वटै वडाहरुमा जिम्मेवारी तोकेको छ ।
वडा नं १० मा हरिकृष्ण पौडेल र युवराज अधिकारी, वडा नं ९ मा उमेश चौलागाई, मदन गुरुङ र खगेन्द्र नेपाल, वडा नं ८ मा कमल कटुवाल र बिराटजंघ जबेगु, वडा नं ७ मा चैतन्य लामिछाने र रोशन भण्डारी, वडा नं ६ महेश घिमिरे र टिका प्रसाई, वडा नं ५ मा हरि नेपाल र जीवन सेढाई, वडा नं ४ सुमन कार्की र महेश घिमिरे, वडा नं ३ मा केशब दाहाल र भीम प्रसाद दाहाल, वडा नं २ मा टिका प्रसाई र युवराज दुलाल र वडा नं १ मा महेश घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
सो बैठकले दमक–१ निवासी दिवंगत श्रीप्रसाद लामिछानेप्रति शोकप्रस्ताव समेत पारित गरेको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीका सदस्य एबम् पुष्पलाल मित्रता केन्द्र दमक नगरका सल्लाहकार निर्मल लामिछानेका पिता श्रीप्रसादको असमायिक निधनप्रति नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी र पुष्पलाल मित्रता केन्द्र दमक नगरले गहिरो शोक सहित श्रद्धासुमन व्यक्त गरेको छ ।
यसअघि, दिवंगत श्रीप्रसाद लामिछानेको सातौं पुष्य तिथीमा दमक–१ स्थित घरैमा पुगेर अलग–अलग समवेदना पत्र प्रदान गरिएको पुष्पलाला मित्रता केन्द्र दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिनुभयो ।
सो क्रममा पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी, उपाध्यक्ष मणि भण्डारी, सचिव निलमणि बराल, दमक नगरका पुर्व प्रमुख इन्द्रबहादुर बुडाथोकी, नेता राजेन्द्र दाहाल, केन्द्र प्रसाई, तुलशी प्रसाद निरौला, भीम दाहाल, टिका प्रसाई, हरिकृष्ण पौडेल, कमल कटुवाल, पुष्पलाल मित्रता केन्द्र दमक अध्यक्ष महेश घिमिरे, सचिव सुमन कार्की, तीर्थ नेपाल, अखिल फोर्सका केन्द्रीय सहसंयोजक एबम् दमक बहुमुखी क्याम्पसका कार्यबहाक स्ववियु सभापति रोशन भण्डारी, बिनोद गुरुङ, चन्द्र थापा लगायतको उपस्थिति थियो ।
