काठमाडौं, ४ असोज–सिन्धुलीमा खोलाले बगाएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगर तल र कारागारकोबीचको ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका ८ वर्षीया सुभश्री परियारको मृत्यु भएको हो ।
खोलामा खेल्ने क्रममा पानीमा ढुवेकी बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।
