शिबगञ्ज, ४ असोज–नेपाली काँग्रेस पार्टीको आसन्न १४औं महाधिवेशनमा झापा शिबसताक्षी नगरका सभापतिका उम्मेद्वार पदम थापाले केही सञ्चार माध्यमहरुमा आफ्नो विषयमा प्रकाशन र प्रसारण भएको समाचारप्रति अनबिज्ञ रहेको बताउनुभएको छ ।

आज बिहान शिबगञ्जमा पत्रकारसँगको सक्षिप्त भेटघाटमा सभापतिका उम्मेद्वार थापाले यस्तो जानकारी गराउनुभएको हो । मेरो आफ्नो बिचार, भावना र राजनीति आस्थालाई समेत कमजोर बनाउने उदेश्यले प्रेषित समाचारमा सत्यता नभएको समेत थापाले सो क्रममा बताउनुभएको छ ।

तुलाजी र अशोकजी भन्दा म सिनियर काँग्रेस कार्यकर्ता हु, म यस्ता मिथ्या कुरामा बहिकिने होइन थापाले भन्नुभयो । तर, यस्तो भ्रमपुर्ण समाचार कसरी आयो म अनबिज्ञ छु । थापाले भन्नुभयो–”मैले व्यक्त गरेको कुरालाई तोडमोड गरेर प्रकाशन भएको समाचारमा कुनै सत्यता छैन ।”

नगर सभापतिका बलियो उम्मेद्वार थापाले नेपाली पत्रकारिता जगतप्रति सम्मान र शुभेच्छा व्यक्त गर्दै समाजमा भ्रम सृजना गर्ने सामाग्रीहरुलाई समाचार नबनाउन आग्रह गर्नुभयो । यस्ता खाले भ्रमित समाचारले कसैलाई फाइदा गर्दैन, थापाले भन्नुभयो–”बरु त द्धन्द्ध र अराजक फैलाउछ ।”

वहाँले यो पार्टीको आन्तरिक प्रतिस्पर्धासहितको चुनावी नेतृत्व भएको बताउनुभयो । पार्टी भित्र नेतृत्वको प्रतिस्पर्धा भएकोले उम्मेद्वार र कार्यकर्ताहरुबीचमा भेटघाट र छलफल हुनु सामान्य प्रकृया भएको वहाँको कथान थियो । ”म सकेसम्म नगर सभापतिका उम्मेद्वारहरुलाई मिलाउन प्रयासरत छु”, थापाले भन्नुभयो । थापाका अनुसार सभापतिका आकाक्षी अशोकजी र तुलाजीबीचमा राजनीति छलफल सहित सहमति गराउने मेरो प्रयास छ ।

नेता थापाले नेपाली काँग्रेसको १४औ महाधिवेसनमा शिबसताक्षी नगरको सभापतिका निम्ति योग्य र सक्षम भएको बताउनुभयो । वहाँले नगर सभापतिको रुपमा आफ्नो उम्मेद्वारी यथावत रहेको बताउनुभयो । उम्मेद्वारी कायमै छ, थापाले भन्नुभयो–”हामी चार जना उम्मेद्वारहरुबीचमा बार्ता, सम्बाद र छलफल भइरहेको छ ।”

थापाले नगर सभापतिका चारै उम्मेद्वारीहरुबीच आफू सिनियर भएको नाताले यस पटक आफूलाई अवसर दिन समेत पत्रकार भेटघाटमा जिकिर गर्नुभएको छ । थापा साविक पाँचगाछीका गाउँ सभापति हुन् भने शिबसताक्षी नगर उपसभाति हुनुहुन्छ ।

थापा २०४७ सालदेखि बिद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका हो । पेशाले कानून व्यवसायी समेत रहनुभएका थापा शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्समा प्रध्यापन गर्नुहुन्छ ।

थापाले शिबगञ्जस्थित जन आदर्श माध्यमिक बिद्यालयमा नेविसंघका प्रवेश गरेका हुन् । २०४६ सालमा सोही बिद्यालयमा उनी नेबिसंघको सभापित पनि भएका थिए ।

नेपाल तरुण दल पाँचगाछीको सभापति हुदै थापाले ११औं महाधिवेसनमा पाँचगाछीमा काँग्रेसको गाउँ सभापति जिम्मेवारी पाए ।

हालः वहाँ नेपाल रेडक्रस सोसाइटी पाँचगाछी उपशाखाका अध्यक्ष हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *