दमक, ४ असोज–नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय महासचिव आरती लामाले विद्यार्थी आन्दोलन मार्फत नेकपा (एकीकृत समाजवादी) लाई नयाँ दिशा र उचाईमा लैजानुपर्ने जोड दिएकी छन् ।
आज साँझ दमकमा झापाली बिद्यार्थी नेतृत्वहरुबीचमा बोल्दै महासचिव लामाले शिक्षा क्षेत्रका बिकृती र बिसंगतीप्रति बिद्यार्थीहरु एकजुट भएर सघर्ष गर्दै पार्टीलाई नयाँ दिशा र उचाईमा लैजान जिम्मेवारी आएको बताएकी छन् ।
इलाममा अनेरास्ववियूको कार्यक्रम सम्पन्न गरेर बिराटनगतर्फ फर्किर्ने क्रममा महासचिव लामा, सचिव नरेश न्यौपानेसहितको केन्द्रीय टोली दमक आइपुगेको हो । दमकमा अगुवा विद्यार्थी नेताहरुसँगको परिचयात्मक भेटघाटपछि विद्यार्थी संगठनको, उदेश्य र जिम्मेवारीमा जुट्न आग्रह गरेकी थिइन् ।
महासिचव लामाले एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीको संगठन मजबुद र बलशाली बनाउन स्थानीय नेताहरुलाई सुझाव राखेका थिइन् । लामो समयसम्म देखिएको माहामारी पछि सञ्चालनमा आउदै गरेको विश्वबिद्यालय, कलेज र स्कुलहरुमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको गठन र प्रशिक्षण कार्यक्रम गर्न निर्देशन समेत दिइन् ।
महासचिव लामाले एमालेमा बैचारिक दृष्ट्रिकोणबाट लामो समयदेखि अन्तरसघर्ष गर्दै आएको बताईन् । उनले पार्टीको मूल नेतृत्वमा उत्पन्न असहमती र असावधानीको कारण नेकपा (एकीकृत समाजवादी) स्थापना भएको बताईन् ।
उनले पार्टी विभाजित हुनु नेपाली जनताका लागि खुसी नभएको बताईन् । तर, उनले पार्टी विभाजनलाई अवसर र चुनौतीको रुपमा लिनुपर्नेमा जोड दिईन् ।
नेत्री लामाले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) हुनुमा केपी शर्मा ओलीको मुख्य भुमिका रहेको बताईन् । ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम गर्यो, लामाले भनिन् ।
लामाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको विधि, पद्धतिजस्ता कुनै पनि विषयमा गम्भिर र जिम्मेवार बन्न नसकेको बताईन । एक्लै अनि मनोमानी ढंङ्गले पार्टी सञ्चालन गर्न खोजेपछि अन्ततः पार्टी विभाजन हुन पुगेको लामाले जानकारी गराईन् ।
कम्युनिष्ट आन्दोलन र बिचारलाई तल्याउने र कुल्चने चेष्टा गरेपछि ओली विरुद्ध पार्टीभित्र अन्तर विरोध र सघर्षका कार्यहरु भएको लामाले बताईन् । उनले ओली बिदेशी प्रभुसँग मिलेर पार्टीलाई विभाजन गरेको बताईन् ।
उनले नेकपा )एकीकृत समाजवादी) लाई अवसर र चुनौतीको रुपमा आगामी कार्ययोजनासहित विद्यार्थी संगठन अनेरास्ववियूलाई नेतृुत्व गर्न सल्लाह दिएका थिईन् । लामा अनुसार विद्यार्थी आन्दोलन मार्फत कम्युनिष्टलाई सशक्त बनाउन आवश्यक छ । उनले नेपालमा कम्युनिष्ट पार्टीलाई गोलबन्द बनाउन हाम्रो दायित्व भएको प्रष्ट पारिन् ।
सो अवसरमा अनेरास्ववियूका केन्द्रीय सचिव नरेश न्यौपाने, दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका अखिल फोर्सका सहसंयोजक रोशन भण्डारी, संगठनका केन्द्रीय सदस्य मदन गुरुङ, जिल्लाका नेता प्रवल भण्डारी, अखिल फोर्स दमक नगर अध्यक्ष रतन चाम्लिङ राई, दिपक भट्टराई लगायतका अगुवा नेतृत्वसंग भेटघाट गरेका थिए ।

