काठमाडौं, ५ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा युवाको आकर्षण बढेको बताएका छन् ।
मंगलबार केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि सञ्चारकमीसँग उनले पार्टी गठनले देशभर तरंग पैदा भएको पनि बताए ।
“देशभरि तरंग पैदा गरेको छ । युवाहरूको आकर्षण बढेको छ । पार्टीले उचाइ लिन्छ,” उनले भने ।
उनले गैरकम्युनिस्ट चरित्र रहेको पार्टीबाट मुक्त हुन पाउँदा खुसी लागेको समेत बताए ।
पार्टी गठनपछि नेकपा ९एकीकृत समाजवादी०को पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बस्दै छ ।
