झिलझिले, ५ असोज–नेपाली काँग्रेसको १४औं महाधिवेसनको मिति नजिकिदैगर्दा झापाको शिबसताक्षीमा नेतृत्वका लागि कसरत सुरु भएको छ । शिबसताक्षीमा काँग्रेसको नेतृत्वका लागि तुलाराम बोखिम बलियो र साझा उम्मेद्वार बन्ने बातबरण बन्दै गएको जानकारहरु बताउँछन् ।

नगर सभापतिसहित पदाधिकारी र नगर समितिका आकाक्षीहरुले आ–आफ्नो चुनावी कार्यक्रमलाई तीब्र पारिरहेको बेलामा रुद्रमणी भट्टराईले एक बिज्ञप्ति मार्फत उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । भट्टराईले उम्मेद्वारी फिर्ता लिएपछि हाल तिन जनाको उम्मेद्वारी यथावत छ । भट्टराईले अर्का आकाक्षी तुलाराम बोखिमलाई समर्थन गर्ने बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

शिबसताक्षीमा नगर सभापतिका तिन जना आकाक्षीहरु पदम थापा, तुलाराम बोखिम र अशोक बस्नेत छन् । सभापतिका आकाक्षीहरु बोखिम र बस्नेत भन्दा थापा सिनियर नेता हुनुहुन्छ । थापा २०४६/०४७ बाटै बिद्यार्थी राजनीति जीवन सुरु गर्नुभएको हो । त्यस्तैं, तरुण दल पाँचगाछीको सभापति र पाँचगाछीमा तिन तिन पटक काँग्रेसको सभापतिको जिम्मेवारीबाट वहाँ हाल शिबसताक्षी नगरको सहसंयोजकको रुपमा हुनुहुन्थ्यो ।

त्यसो त, बोखिम पनि नगर उपसभापति हुनुहुन्छ । बस्नेत वडा नं ११ का वडा सभापति मात्रै हुनुहुन्छ । वहाँ स्थानीय निर्वाचनमा वडा अध्यक्षका उपबिजेता हुनुहुन्छ ।

यता, बोखिम तरुण दलबाट राजनीति जीवनमा सक्रिय बन्नुभएको हो । तरुण दलबाट वहाँ पार्टीको जिम्मेवारीमा आउनुभएको थियो । नगर सदस्यमा अत्याधिक मतसहित निर्वाचित भएपछि वहाँ नगरको उपसभापतिमा नियुक्त हुनुभएको थियो ।

उम्मेद्वारी फिर्ता लिएसँग नेता भट्टराईले महाधिवेसनको क्रममा पार्टीभित्र र केही उम्मेद्वारीको तडक-भडकले दिक्क भएको बताउनुभएको छ । वहाँले महाधिवेसनमा खर्च, दाना-पानी र सामाजिक सन्तुलन विरुद्धको हर्कत देखेर उम्मेद्वारी फिर्ता लिएको प्रष्ट पारेका छन् । आफ्नो उम्मेद्वारी फिर्तासँगै नेता भट्टराईले नगर सभापतिका अर्का बलियो उम्मेद्वार तुलाराम बोखिमलाई समर्थन गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

नेता भट्टराईले नगरको ११ वटै वडाहरुमा काँग्रेसमय बनाउने र स्थानीय, प्रदेस, संघीय निर्वाचनलाई लक्षित गरेर जनताबीचमा जान सक्ने नगर सभापतिमा सक्षम र क्षमतावान छनौट गर्न आग्रह गरेका छन् । वहाँले नगर सभापतिको उम्मेद्वारीबाट हटेपनि आफ्ना प्रतिवद्धताहरु तुलाराम बोखिममार्फत पुरा गर्न प्रतिवद्ध रहने समेत बिज्ञप्तिमा बताउनुभएको छ ।

यता, सभापतिका अर्का आकाक्षी पदम थापाले आफ्नो नाममा सहमति गर्न आग्रह गर्नुभएको छ । थापाले चारै उम्मेद्वारहरुबीच आफु पुरानो काँग्रेस भएको दाबी गर्नुभएको छ ।

बिद्यार्थी राजनीतिबाट सक्रिय रहदै आउनुभएका थापाले पाँचगाछीमा तरुण दलको गाउँ सभापतिहुदै तीन कार्याकाल पार्टीको पाँचगाछी सभापतिको जिम्मेवारी पुरा गर्नभएको हो । वहाँ, हाल नेपाली काँग्रेस शिबसताक्षी नगरको सहसंयोजक हुनुहन्छ ।

थापाले आफ्नो उम्मेद्वारी यथावत रहेको तर सहमतिका लागि आफ्नो उम्मेद्वारी फिर्ता हुने संकेत गर्नुभएको छ । पार्टीको यो आन्तरिक निर्वाचन हो, थापाले भन्नुभयो–काम र योगदानको हिसावले अवसर बाँडफाँड गरिनुपर्छ ।

यता, तुलाराम बोखिमले नगर सभापतिमा आफु योग्य भएको बताउनुभएको छ । म यस नगरको पार्टी उपसभापति हुँ, उपसभापति भइसकेको मान्छेले सभापतिमा नै जाने हो, बोखिम भन्नुहुन्छ । बोखिममा अनृसार अग्रज नेतृत्वको हिसावले पदम थापाजीलाई अवसर दिएर जाउँ भन्दा अशोक बस्नेतले अस्विकार गर्नृुभएको छ ।

बस्नेत शिबसताक्षी ११ का वडा सभापति हुनुहन्छ । वहाँ यसपटक नगर समितिमा आएर बस्नु उपयुक्त हुन्छ, बोखिमले भन्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *