दमक, ५ असोज–उपचारमा लाग्ने खर्च जुटाउन नसकेर घरमै थलिएर बसिरहेका झापा धरमपुरस्थित मंगलबारे बजादेखि नजिकैको बर्खे टोलका एक युवालाई नेकपा (माओवादी केन्द्र) र योङ कम्युनिष्ट लिग (वाईसिएल) ले आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।
पेट, लिभर र जण्डिस रोगले ग्रसित शिबसताक्षी–२ बर्खे टोलका पूर्णबहादुर चेम्जोङलाई नेकपा (माओवादी केन्द्र) र वाईसिएल वडा नं २ कमिटीले उपचारका निम्ति रु १३ हजार १ सय ५ सहयोग हस्तान्त्रण गरेको हो ।
माओवादी केन्द्र शिबसताक्षी–२ वडा कमिटीका अध्यक्ष एबम् स्थानीय सामाजिक अगुवा भीम नेम्बाङको नेतृत्वमा संकलन गरिएको उक्त सहयोग रकम आज बिरामीको घरैमा पुगेर हस्तान्त्रण गरिएको हो ।
चेम्जोङ एक महिनादेखि हिड्नै नसक्ने अवस्थामा छन् । उपचारको निम्ती आवश्यक खर्चको अभावमा चेम्जोङलाई घरैमा राखिएको खबर सुन्न साथ हाम्रो पार्टीको तर्फबाट सहयोग जुटाएका हो, नेम्बाङले भने ।
चेम्जोङका बुबा जयमानका अनुसार आकस्मिक रूपमा बिरामी परेपछि धुलाबारीको आयुर्वेदिक अस्पतालमा देखाइएको थियो । त्यहाँको औषधिले बिरामी ठिक नभएपछि परिवारले झिलझिलेस्थित पुनर्जीवन अस्पतालमा सामान्य उपचार गरेर अहिले घरमै राखेका छौं ।
सहयोग हस्तान्त्रण कार्यक्रममा वाईसिएल नगर कमिटी उपाध्यक्ष सञ्जिव राई, नगर सदस्य शुक्रराज राई, वडा नं २ का अध्यक्ष लक्ष्मिप्रसाद गुरुङ, उपाध्यक्ष किशोर योङहाङ, सचिव भरत आङदेम्बे लगायतको उपस्थिती थियो ।
चेम्जोङका बुबा, आमा, दुई छोरा र श्रीमती छन् ।सहयोगका लागि ९८१५०९०००४ र ९८०६०६३०५४ मोबाइल नम्बर प्रयोग गर्न सकिने बताइएको छ ।
यसअघि, धरमपुर मंगलबारेका किरियापुत्रीमा बसिरहेका हेमरम (सतार) परिवारलाई नेकपा (माओवादी केन्द्र) र वाईसिएल वडा कमिटीले आर्थिक सहयोग गरिएको थियो । दिवंगत आफ्नो पिताको किरियामा बसिरहेका हेमरम परिवारमा खाने कराको समस्या भएपछि पार्टीको तर्फबाट सहयोग संकलन गरिएको र सो सहयोग रुपैया हस्तान्त्रण गरिएको थियो ।

