दमक, ५ असोज–नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत दमकको आसन्न नगर अधिवेशनमा चुनावी प्रतिस्पर्धाका लागि तयार भएका तीन मध्ये दुई समुहकाबीचमा सहमति भएको भन्ने चर्चाले कांग्रेस वृत्तमा हलचल पैदा गरेको छ ।

सहमति भएको भन्ने चर्चाले नेता कार्यकर्ताबीच मच्चिएको खैलाबैलाका बिषयमा नगर सभापतिका एक जना प्रत्यासी पर्शुराम रिजालले प्रष्ट पार्दै भने-‘१४औं महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण, सफल पारौं १४औं महाधिवेशन भन्ने छ ।’

यो नारालाई सार्थक बनाउनका लागि नेता, कार्यकर्ताहरुबीच चरणवद्ध रुपमा दुईपक्षीय र बहुपक्षीय छलफल र संवाद जारी छ अहिलेसम्म बाहिर चर्चामा आएजस्तो कुनै ठोस सहमति भइसकेको छैन । बाहिर आएको चर्चाका बिषयमा रिजालले भने–’आगामी निर्वाचनमा कांग्रेसले दमक जित्नुपर्छ, एकताबद्ध कांग्रेस हुनुपर्छ भन्ने कुरामा सबै सहमत हो, त्यसका लागि पर्शुराम रिजालपछि हटयो, वा कोही सभापति भयो भन्ने अफवाह फैलाइनु जायज होइन ।’

संवादमा बसेका दुई पक्षबीच सहमतिका लागि कुनै एक पक्षले अर्को पक्षलाई समर्थन गर्ने बिषयमा छलफल हुनुलाई अस्वभाविक रुपमा लिन नहुने पनि रिजालको तर्क छ ।

कांग्रेस कार्यकर्ताहरुकाबीचमा दमकमा यसअघि रोशन विष्ट नेतृत्वको प्यानल र पर्शुराम रिजाल नेतृत्वको प्यानलका नेताहरुकाबीचमा संवाद र सहकार्यको वातावरण बनाउन कांग्रेसका युवा नेता तथा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले पहल गरेको बताइएको छ । उनकै सक्रियतामा दुई पक्षका शीर्ष नेताहरुबीच संवाद चलिरहेको बताइएको छ ।

कांग्रेसमा कतिपय शुभेच्छुक तथा सक्रिय नेताहरुले सभापतिमा अहिले सम्म चर्चामा आएका दुई उम्मेदवारलाई ब्याक गर्ने र नयाँ उम्मेदवारको प्रस्ताव समेत आउन सक्ने अडकलबाजी कार्यकर्ताहरुले गरिरहेका बुझिएको छ ।

त्यस्तो प्रस्तावलाई प्रकाश प्रसाइँ नेतृत्वको प्यानलमा भने आइनसकेको सो प्यानलका एक जना उम्मेदवारले प्रष्टयाएका छन । उनले भनेका छन– ”उहाँहरुबीचमा के-के भयो त्यो हामीले जान्ने कुरा भएन हाम्रो टिम मत माग्न घरदैलोमा छ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *